महिला टी- २० विश्वकप: पाकिस्तानमाथि न्युजिल्याण्ड विजयी, भारत सेमिफाइनल पुग्न असफल

photo: facebook/icc
photo: facebook/icc

आइसिसी महिला टी- २० विश्वकपमा पाकिस्तानमाथि न्युजिल्याण्ड विजयी भएकाे छ। साेमबार राति सम्पन्न खेलमा न्युजिल्याण्ड पाकिस्तानमाथि ५४ रनले विजयी भएकाे हाे।

न्युजिल्याण्डले दिएकाे १११ रनकाे लक्ष्य पछाएकाे पाकिस्तान ११.४ ओभरमा ५६ रन बनाउँदा अलआउट भयाे।

यसअघि पहिला ब्याटिङ गरेका न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएकाे थियाे।

याे जितसँगै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेकाे छ। यस समूहबाट यसअघि नै अस्ट्रेलिया सेमिफाइनलमा पुगेकाे थियाे।

याे हारसँगै पाकिस्तान, भारत र श्रीलंका समूह चरणबाट बाहिरिएका छन्।

समूह बिकाे समीकरण भने पूरा हुन बाँकी छ।

प्रकाशित मिति: : 2024-10-15 06:53:00

प्रतिकृया दिनुहोस्