कीर्तिमानी पर्वतारोही टोली काठमाडौँ फर्कियो, विमानस्थलमा भव्य स्वागत (फाेटाे/भिडियाे)

कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पासहितको टोली काठमाडौं उत्रिएको छ। शेर्पा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छिन्।

३३ वर्षीया शेर्पाको टोलीले हालै तिब्बतस्थित ८ हजार २७ मिटर अग्लो शिशपाङ्मा हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए।

उनीसहित निमा रिन्जि शेर्पा, मिङमा ग्याल्जी शेर्पा, निर्मल पुर्जा, तेजन गुरुङ, पासाङ तेन्जी शेर्पा, दावा ग्याल्जी शेर्पा, पासाङ नोर्बु शेर्पा र मिङमीतेम्बा शेर्पालाई त्रिभुवन विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको थियो।

सोमबार काठमाडौं फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल माउन्टेनियरिङ एसोसिएसनका पदाधिकारी, सदस्य एवम शुभेच्छुकहरुले स्वागत गरेका हुन्।

प्रकाशित मिति: : 2024-10-14 15:13:00

प्रतिकृया दिनुहोस्