बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरेका छन्। शीतल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट विजयादशमीकोटीका र जमरा ग्रहण गरेका हुन्।
शितल निवासमा आज दिउँसो ३ बजेपछि अतिविशिष्ट व्यक्तित्व र त्यसपछि ५ बजेसम्म सर्वसाधारणलाई टीका जमरा लगाइदिने कार्यक्रम भएको थियो। प्रधानमन्त्री ओलीले बाढीपहिरो र विपद्का कारण परिवारका सदस्यहरुसँगबाहेक यसपटक टीका लगाउने कार्यक्रम नराखेको शुक्रबार नै जानकारी गराएका छन्।
शितल निवासमा टीका तथा जमरा ग्रहण गर्न उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेललगायतका मन्त्रीहरूपनि पुगेको राष्ट्रपतिका स्वकीय सचिवालयले जनाएको छ।
यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर लगायतले पनि राष्ट्रपति पौडेलको हातबाट टीका तथा जमरा ग्रहण गरेका छन्।
भिडियाे:
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया