बाढीपहिराेकाे घटनामा खेलेकाे भूमिकाबारे छलफल गर्न एमालेले बाेलायाे सचिवालय बैठक

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा (एमाले)काे सचिवालय बैठक बस्दैछ।

बैठक बिहीबार अपरान्ह १२ बजे पार्टी मुख्यालय च्यासलमा बस्ने जनाइएकाे छ।

आजको बैठकमा बडा दसैँको शुभकामना आदानप्रदान तथा देशभरि भएका बाढीपहिरोको घटनामा भएको क्षति संकलन र उद्धारसहितका कार्यमा सरकार र पार्टीले खेलेको भूमिकाबारेमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: : 2024-10-10 08:00:00

प्रतिकृया दिनुहोस्