हातमा राइफल समाउँदै खामेनेइले ‘नमाज’ पढेर इजरायललाई दिएको सन्देश

Break n Links
Break n Links

करिब पाँच वर्षपछि आफूलाई सार्वजनिक गरेका इरानका सर्वोच्च नेता आयतुल्लाह अलि खामेनेइले ‘मुस्लिम राष्ट्रहरूलाई’ एक हुन अपिल गरेका छन्। 

इजरायलसँग युद्ध चर्किरहेका बेला खामेनेइको सार्वजनिकीकरण र उनको सन्देशले पश्चिम एशियाली ध्रुबमा थप युद्धको संकेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले टिप्पणी गरेका छन्। 

मंगलबारमात्रै इरानले इजरायलमाथि करिब २ सय क्षेप्यास्त्रहरू आक्रमण गरेको थियो। इजरायलको हवाई प्रतिरक्षा प्रणालीले ती रकेटहरू आकाशमै निस्तेज गरिदिएको थियो। र, पनि सारा जेरुसेलममा लक्षित गरेर हानिएका ती रकेटहरू केही स्थानमा भने खसेका छन्। केही सैनिक आश्रयस्थल र केही आम नागरिक बसोबास गर्ने जमिनमा पनि मार परेको छ। केही विद्यालय तथा रेस्टुरेन्टहरूमा क्षति पुगेको छ। 

इरानले लेबनानमा जन्माएको हिज्बुल्लाह कसरी यति शक्तिशाली भयो?

अघिल्लो सातामात्रै इजरायलको एउटा आक्रमणमा हिज्बुल्लाहका सर्वोच्च कमाण्डर हसन नसरल्लाह र अरु केही उच्च तहका कमाण्डरहरू मारिएका थिए। हिज्बुल्लाहका सर्वोच्च नेता मारिएपछि इराकले त्यसको ‘बदला लिनेगरी’ ५ दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको थियो। त्यसलगत्तै इरानका सर्वोच्च नेता खामेनेइलाई पनि सुरक्षाका लागि ‘भूमिगत’ बनाइएको समाचारहरू सार्वजनिक भएका थिए। 

‘इजरायललाई बल पुग्नेगरी’ चलाइएका यस्ता अफवाहहरूलाई चिर्न र ऊसँग लडिरहेका इराक तथा हिज्बुल्लाह र हमासका लडाकुहरूलाई हौसला दिनका लागि खामेनेइले आफूलाई सार्वजनिक गरेका हुन्। शुक्रबार तेहरानस्थित एक मस्जिदमा नमाज पाठ गराए अनि केही धार्मिक सन्देशहरू पनि थिए। 

पश्चिमा तथा इजरायलका सञ्चारमाध्यमहरूले उनका सन्देशलाई विभिन्न कोणबाट विश्लेषण गर्दै ‘कभरेज’ पनि गरेका छन्। 

आफ्नो धार्मिक सन्देशका क्रममा उनले एक हातमा राइफल बोकेका थिए र खाडी देशहरूलाई एक भएर युद्धको सामना गर्न भनेका थिए। सार्वजनिक समारोहमा उनको उपस्थिति र सन्देशहरूलाई विशेष महत्वका साथ लिइन्छ। २०२० मा एक अमेरिकी आक्रमणका क्रममा इरानी रिभोल्यूसनरी गार्डका प्रमुख कासिम सुलेमानीको हत्या गरेको थियो। त्यसअघि उनले २०१२ मा यस्तै मस्जिदमै सार्वजनिक सम्बोधन गरेका थिए। 

आफ्नो धार्मिक सम्बोधनमा उनले इजरायलले हमास, हिज्बुल्लाह तथा इरानलाई कहिल्यै पराजित गर्न नसक्ने बताएका थिए। त्यस्तै उनले इजरायलमाथि इरानले गरेको आक्रमणलाई वैध र तार्किक भनेर प्रसंशा गरेका थिए। इरानले इजरायलमाथि आक्रमण गर्दा इरानवासीहरूले रातभरि खुसीयाली मनाएका थिए। 

इजरायल तथा अमेरिकाविरुद्ध खामेनेइको असन्तुष्टी धेरै लामो छ। उनी यी दुईलगायत पश्चिमा शक्ति राष्ट्रहरूप्रति नकारात्मक नै छन्। १९९७ मा इरानमा भएको ‘इस्लामिक क्रान्ति’पछि त्यहाँ नयाँ सत्ता कायम भएको थियाे। 

कहिले थामिलएला यो युद्ध: ‘बिराम’का लागि ११ देशको प्रस्ताव

करिब एक वर्षअघि हमासले एकाएक आक्रमण गरेपछि इजरायलले गाजापट्टी र प्यालेस्टाइनका धेरैजसो भुभागहरू तहसनहस पारिसकेको छ। यो बेला १० जना नेपालीको पनि मृत्यु भएको थियो। र हमासले एकजना नेपाली विद्यार्थी बिपिन जोशीलाई अहिले पनि नियन्त्रणमा लिइराखेको छ। हमाससँगै लेबनानी विद्रोही समूह हिज्जबुल्लाहसँग पनि इजरायल लडिरहेको छ। त्यसैगरी यमनको हुथी विद्रोहीविरुद्ध पनि इजरायले आक्रमण गरिरहेको छ।

हिज्बुल्लाह इरानका सर्वोच्च नेता खामेनेइले नै जन्माएका हुन्। इरानकै लडाकु समूहले युद्धका लागि हिज्बुल्लाहलाई प्रशिक्षण दिएको थियो। 

प्रकाशित मिति: : 2024-10-05 14:40:00

प्रतिकृया दिनुहोस्