झ्याप्ले खोलामा उद्दार जारी, अवरुद्ध सडक सुचारु गराउने तयारी

फाइल तस्बिर
फाइल तस्बिर

धादिङको झ्याप्ले खोलामा अवरुद्ध भएको सडक खुलाउने तयारी भइरहेको छ।

पहिरोले पुरिएका चार सवारी साधनबाट शनिबार र आइतबार गरी ३५ शव निकालेपछि अब सुरक्षाकर्मीले सडक खुलाउन ध्यानकेन्द्रित गरेका छन्।

झ्याप्ले खोलाको पहिरोमा बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको विङ्गर, चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस, गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस तथा बा १ प १३८८ नम्बरको बस पुरिएका थिए।

पहिरोमा पुरिएको बस तथा शव नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले निकालेको हो। र, यो क्रम जारी रहने प्रहरीले जनाएको छ।

अहिले राजमार्गमा लामो जाम भएकोले सडकलाई आजै एकतर्फी बह्येपानी खुलाउने गरी काम भइरहेको प्रहरीले जानकारी दिएको छ।

चापलाईं ध्यानमा राख्दै शनिबार विहानदेखि सुरूङमार्गबाट सवारी साधन काठमाडौं पठाइएको छ।

प्रकाशित मिति: : 2024-09-29 19:00:00

प्रतिकृया दिनुहोस्