दशैंको टीकाको साइत: कुन देशमा कति बजे?

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशअनुसार आउँदै गरेको विजया दशमी टीकाको साइत सार्वजनिक गरेको छ।

आइतबार समितिले विभिन्न देशबाट साइतबारे जिज्ञासा आएकाले विश्वका महत्वपूर्ण देशहरुमा टीका लगाउन उत्तम साइत सार्वजनिक गरिएको जनाएको छ।

जसअनुसार काठमाडौंमा असोज २६ गते परेको विजया दशमीमा टीका लगाउने साइत बिहान ११:३६ बजेलाई उत्तम ठानेको छ।

दिल्ली, भारतमा अक्टुबर १२ विहान ११: ४२ मा छ, अमेरिकाकाको न्यूयोर्कमा अक्टुबर १२ मा १०:०१, केन्टुकीमा १०ः४५, टेक्सामा १०:०५, वासिङ्गटनमा ९:५५, क्यानडा टोरन्टोमा १०:१५,भ्यानकुभरमा १०ः१७ र जापान टोकियोमा अक्टुबर १३ ११ः३५ बजे रहेको समितिले जानकारी दिएको छ।
 

प्रकाशित मिति: : 2024-09-29 15:53:00

प्रतिकृया दिनुहोस्