एयरलाइन्सहरुले हवाई भाडा महङ्गाएकाेप्रति प्रधानमन्त्रीकाे चासाे

भने- विपत्तिकाे बेला सबै मिलेर सामना गर्नु, पहिलेकै दरमा भाडा लिएर सहयाेग गर्नु

फाइल तस्बिर
फाइल तस्बिर

विपत्तिकाे समयमा एयरलाइन्स कम्पनीहरुले हवाई भाडा बढाएकाेप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासाे व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघकाे महासभामा सहभागी हुन अमेरिका पुगेका ओलीले सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराएका हुन्।

प्रधानमन्त्री ओलीले एयरलाइन्स कम्पनीहरुलाई पहिलेकै र सहुलियत भाडा लिएर सहयाेग गर्न अनुराेध गरेका छन्।

‘हवाई भाडा अरुबेलाभन्दा महंगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ। हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरुसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट भनेका छन्।

प्राकृतिक विपत्तिकाे समयमा सबै मिलेर सामना गर्न उनले आग्रह गरेका छन्।

त्यस्तै पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको उनले जनाएका छन्।

प्रकाशित मिति: : 2024-09-29 13:24:00

प्रतिकृया दिनुहोस्