निरन्तर बढेर रेकर्ड राखिरहेको सुनको मूल्यमा साताको पहिलो कारोबार दिन आज (आइतबार) भने गिरावट आएको छ। आइतबार ६ सय रूपैयाँले सुनको मूल्य घटेर हो।
यसअघिको हप्ता सुन लगातार बढिरहेको थियो भने आइतबार यस हप्ताको सुरूको दिनमा सुन घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रूपैयाँ पुगेको छ।
शुक्रबार सुन प्रतितोला १ लाख ६१ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ६ सय रूपैयाँ कम हो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रूपैयाँले घटेर १९ सय ४५ मूल्यमा किनबेच भइरहेको छ।