झ्याप्ले खोलामा थप ३ शव फेला

Break n Links
Break n Links

धादिङकाे झ्यापले खाेला (नागढुङ्गानजिक)मा थप ३ शव फेला परेको छ। शनिबार साँझ सोही ठाउँमा आएको पहिरोमा परी पुरिएका दुई बसबाट १४ वटा शव निकालिएकाे थियो। 

आइतबार बिहान थप ३ शव फेला परेकाे प्रहरीले जानकारी दिएको छ। पहिरो पन्छ्याउनेक्रममा शव फेला परेको र उनीहरूको परिचय खुलेको छैन। अहिले सोही ठाउँमा एउटा बस पनि पुरिएको अवस्थामा भेटिएको छ। 

ती ३ शव पनि सोही बसमा सवार व्यक्तिहरूको हुन सक्ने प्रहरीको अनुमान छ। बस कहाँबाट आएको हो भन्ने केही खुलेको छैन। उक्त बस गोर्खाबाट आएको हुन सक्ने अनुमान भने प्रहरीले गरेको छ।   

यो पनि–

झ्यापले खाेलामा पुरिएका बसबाट १४ जनाकाे शव निकालियाे (अपडेट)

प्रकाशित मिति: : 2024-09-29 09:41:00

प्रतिकृया दिनुहोस्