साताका २१ तस्बिर: लेबनानीकाे छटपटीदेखि मार्क जुकरबर्गकाे नजरसम्म

Break n Links
Break n Links

इक्वेडरको क्विटोमा जङ्गलमा लागेको आगोको बिच मोटरसाइकल चलाउँदै एक ट्रान्जिट एजेन्ट।

दक्षिणी लेबनानको टायरमा हिज्बुल्लाह र इजरायली सेनाहरूबीच जारी सीमापार युद्धको समय समुद्र तटबाट अन्यत्र भाग्दै सर्वसाधारणहरु।

आवास संकट र निष्कासनको बिरोध गर्नको लागि भएको प्रदर्शनको क्रममा दंगा प्रहरीसँगको झडपपछि भाग्दै प्रदर्शनकारीहरू बार्सिलोना, स्पेनमा।

मेटाका सिईओ र फेसबुकका संस्थापक मार्क जुकरबर्गले मेन्लो पार्क, क्यालिफोर्निया, अमेरिकामा रहेको कम्पनीको मुख्यालयमा मेटा जडान वार्षिक कार्यक्रममा ‘ओरियन एआर’ चश्माको साथमा।

अर्जेन्टिनाको कोर्डोबा प्रान्तको सान मार्कोस सिएराको जंगलमा लागेको आगोबाट निस्केको धुवाँ हेर्दै एक व्यक्ति आफ्नो कुकुरसँग।

रियो नेग्रो र रियो सोलिमोज बीचको सङ्गम बिन्दुमा नेभिगेट गर्ने डुङ्गा मनौस, अमेजनस राज्य, ब्राजिल नजिकैको अमेजन नदीमा।

युक्रेनको जापोरिझियामा भएको रुसी हवाई आक्रमणबाट क्षतिग्रस्त अपार्टमेन्ट भवनको छेउमा एक घाइते महिला।

बेलायतको लन्डनस्थित लेसेस्टर स्क्वायरमा फिल्म ‘जोकर:फोली ए ड्यूक्स’को युके प्रिमियरमा उपस्थित हुँदै लेडी गागा।

रियो दि जेनेरियो, ब्राजिलमा रक इन रियो संगीत महोत्सवको समयमा प्रदर्शन गर्दै केटी पेरी।

पेरिस, फ्रान्समा आयोजित पेरिस फेसन सप्ताहमा डिजाइनर केभिन जर्मनियरको स्प्रिंग/समर २०२५को महिलाको पहिरनका लागि तयार हुने संग्रह शोको भागको रूपमा उनको लेबल जर्मनियरको सिर्जना प्रस्तुत गर्दै एक मोडल।

लन्डन, बेलायतमा एएफसी विम्बल्डन फुटबल क्लबको मुख्यालय चेरी रेड रेकर्ड्स स्टेडियममा भारी वर्षाको कारणले गर्दा भएको सिंक प्वालको ड्रोन दृश्य।

जर्मनीको म्युनिखमा भएको  विश्वको सबैभन्दा ठुलो बियर फेस्टिवल १८९औँ अक्टोबरफेस्टको आधिकारिक उद्घाटनको दिनमा सित्तैमा प्राप्त बियरको मग समात्न हान थाप गर्दै सहभागीहरु।

क्यानकुन, मेक्सिकोमा आएको उष्णकटिबंधीय तूफान हेलेनको कारण भएको वर्षाको बेला बाढीले भरिएको सडकमा एक व्यक्ति कार्ट धकेल्दै।

अमेरिकी राष्ट्रपति जो बाइडेन अमेरिकाको न्यूयोर्क शहरमा आयोजित ‘द भ्यू’को व्यावसायिक ब्रेकको क्रममा।

सेनेगलको डकारको बाहिरी भागमा रहेको तुबाब डायलावमा पानी परिरहेको समय दौडिरहेको बालबालिकाहरु।

हाल बन्द गरिएको अनलाइन मिडिया स्ट्यान्ड न्यूजका दुई पूर्व सम्पादकहरूविरुद्ध चलिरहेको ऐतिहासिक राजद्रोह मुद्दामा जिल्ला अदालतमा हुँदै स्ट्यान्ड न्यूजका पूर्वमुख्य सम्पादक चुङ पुई-कुएन, चीनको हङकङमा।

केन्याको न्यारी काउन्टीमा रहेको हिलसाइड एन्डाराशा एकेडेमीमा भएको घातक आगलागीपछि मृत्यु भएका विद्यार्थीहरूको लागि स्मृति सेवामा उपस्थित सहभागीहरु शोक प्रकट गर्दै।

विधानसभा चुनावको दोस्रो चरणको क्रममा कश्मीरी महिलाहरू मतदान केन्द्रमा मतदान गर्न जाँदै भारतको श्रीनगरमा।

सान सेबास्टियन फिल्म फेस्टिभल, सान सेबास्टियन, स्पेनमा फिल्म ‘मोदी- थ्री डेज अन द विङ अफ म्याडनेस’को लागि फोटोकलमा भाग लिने क्रममा निर्देशक जोनी डिप।

रुपर्ट मर्डोकको विश्वव्यापी टेलिभिजन र प्रकाशन साम्राज्यको उत्तराधिकारको विवादास्पद मुद्दाको सुनुवाइको दिन अदालतमा उपस्थित रुपर्ट मर्डोक अमेरिकाको रेनो, नेभाडामा।

फिलिपिन्सको नौसेनाका कर्मचारीहरू एसियाली रक्षा र सुरक्षा प्रदर्शनीमा प्रदर्शनमा रहेका राइफलहरू जाँच गर्दै विश्व व्यापार केन्द्र, पासे सहर, मेट्रो मनिला, फिलिपिन्समा।

प्रकाशित मिति: : 2024-09-28 19:57:00

प्रतिकृया दिनुहोस्