मन्त्रीपरिषद् बैठक: घाइतेहरुको निःशुल्क उपचार, सडक तत्काल खुलाइने

सरकारले विपदमा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ।

शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठकले घाइतेको नि:शुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।

उनले भने, ‘नेपाल सरकारको कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आपतकालीन समन्वयात्मक बैठक बसेको हो। बैठकले दुई-तीन दिन लगातार परिरहेको भारी वर्षाका कारणले धेरै ठाउँमा नोक्सान भएको  छ। सरकारले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ।’

उनले अगाडि भने, ‘साथै क्षतिपूर्ति दिने समेत निर्णय गरेका छौं। भारी वर्षामा परेका परीक्षाहरुसमेत स्थगित गरिएका छन्। यस्तै घाइतेहरु  नि:शुल्क उपचार त गर्ने गरेका छौं तर, सबै घाइतेहरुको नि:शुल्क उपचार गर्ने निर्णय गरेका छौं। तत्काल अविलम्ब अवरुद्ध भएका सडकहरु खोल्ने निर्णय समेत गरेका छौं।’

साथै तत्काल अवरुद्ध भएका सडकहरु सञ्चालन ल्याउन पहल थाल्ने समेत निर्णय भएको छ।

विद्युत, खानेपानी टेलिफोनलगायत अवरुद्ध भएकाहरुको सञ्चालनको सम्बन्धित मन्त्रालयले काम गर्ने गुरुङले बताए।

मृतकको परिवारलाई सरकारले राहतको व्यवस्था गर्ने समेत बैठकले निर्णय गरेको छ।

प्रकाशित मिति: : 2024-09-28 19:01:00

प्रतिकृया दिनुहोस्