बाढी पसेपछि एपीवान टेलिभिजनको प्रसारण बन्द

अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको एपीवान एचडी टेलिभिजनको प्रसारण बन्द भएको छ।

कार्यालयमा बाढी पसेपछि आज बिहान ७ बजेपछि प्रशारण सेवा बन्द गरिएकाे एपीवानले जनाएकाे छ।

कार्यालयका गाडी, कम्युटरलगायतका सामाग्रीहरू डुबानमा परेकापछि प्रशारण बन्द भएको हो।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण काठमाडाैँ उपत्यकाकाे अधिकांश क्षेत्र डुबानमा परेकाे छ भने धेरै ठाउँ विद्युत् सेवा अवरुद्ध भएको छ। 

प्रकाशित मिति: : 2024-09-28 13:40:00

प्रतिकृया दिनुहोस्