बाढी–पहिरोमा १४ जनाको मृत्यु, ११ जना बेपत्ता

बिहीबारदेखि भइरहेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी १४ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। 

शुक्रबारदेखि शनिबार १२ बजेसम्म देशका विभिन्न जिल्लामा १४ जनाको मृत्युसँगै ११ जना बेपत्ता भएका हुन्। 

जसमा भक्तपुरमा ३ जनाको मृत्यु र ४ जना बेपत्ता, ललितपुरमा १ जनाको मृत्यु, काभ्रेमा ३  जनाको मृत्यु, धादिङमा १ जनाको मृत्यु र १ जना बेपत्ता भएका छन्। 

यस्तै पाँचथरमा २, धनकुटामा २, काठमाडौँमा १ जनाको मृत्यु भएको छ भने धनकुटामा २ जना र काठमाडौँमा ४ जना बेपत्ता भएका छन्। 

अहिलेसम्म प्रहरीले १ हजार ७० जनाको प्रहरीले उद्धार गरेको छ। १ सय ६२ वटा  घरगोठमा क्षति पुगेकाे प्रहरीले जानकारी गराएको छ। 

प्रकाशित मिति: : 2024-09-28 12:46:00

प्रतिकृया दिनुहोस्