गोरखा मिडियाका सञ्चालक जोशीलाई थप ‍७ दिन हिरासतमा राख्न अनुमति

Break n Links
Break n Links

गोरखा मिडियाका संचालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। उनी यही असोज ६ गते सहकारीको रकम अपचलन गरेको आरोपमा काठमाडौँको शंखमुलबाट पक्राउ परेका थिए। 

काठमाडौँमा पक्राउ परेका जोशीलाई कास्की जिल्ला अदालतले असोज ७ गते ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

शुक्रबार फेरि अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले मागेको अनुमतिअनुसार अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। 

उनमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप छ। प्रहरीले उनलाई पक्राउ गरेर एक चरणको सोधपुछ गरिसकेको छ। 

सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित गोरखा मिडियाका सञ्चालक जीबी राई, कुमार रम्तेल (थुनामा छन्) र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई नाम किटान गरेर कारबाही गर्न निर्देशन दिएको थियो।

प्रकाशित मिति: : 2024-09-27 16:16:00

प्रतिकृया दिनुहोस्