सर्वोच्चकाे न्यायाधीशमा निरौला र पाण्डेकाे नाम सिफारिस

सर्वोच्च अदालतकाे न्यायाधीश नियुक्तिका लागि दुई जनाकाे नाम सिफारिस भएको छ।

शुक्रबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हाे।

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पाण्डे गृहमन्त्री रमेश लेखकका साडु भाइ हुन्। उनी उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए।

नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावलीको संशोधन गैर संवैधानिक रहेको भन्दै उक्त संशोधन खारेज नगरी न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि नबढाउन दबाब दिँदै विरोध गरिरहेका बेला परिषदले न्यायाधीश सिफारिस गरेको छ।

प्रकाशित मिति: : 2024-09-27 15:11:00

प्रतिकृया दिनुहोस्