दसैँका लागि अग्रिम टिकट बुकिङ १२ गतेदेखि खुलाइने

Break n Links
Break n Links

दसैँका लागि अग्रिम टिकट बुकिङ १२ गतेदेखि खुला गरिने भएको छ।

मंगलबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएकाे छलफलमा १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएकाे हाे।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच अग्रिम टिकट खुला गरिनेबारे छलफल भएकाे थियाे।

याे पनि...
प्रकाशित मिति: : 2024-09-24 18:04:00

प्रतिकृया दिनुहोस्