रक्तदान कार्यक्रम गर्दै कन्ट्रोल एडिक्शन नेपाल

Break n Links
Break n Links

कन्ट्रोल एडिक्शन नेपाल (क्यान)ले रक्तदान कार्यक्रम गर्ने भएको छ। 

प्रत्येक वर्ष रक्तदान गर्दैआइरहेको क्यानले यसपटक पनि उक्त कार्यक्रम गर्न लगेको हो। 

‘एक रगतको थोपा बन्नसक्छ जीवनको थोपा’ भन्ने नाराका साथ क्यानले आउँदो  १२ गते रक्तदान कार्यक्रम गर्न लागेकाे संस्थाका उपाध्यक्ष क्षितिज श्रेष्ठले बताए। 

ललितपुरको गोदावरी टाउखेल–३ मा रहेको कन्ट्रोल एडिक्शन नेपालको प्राङ्गणमा हुन लागेकाे कार्यक्रम बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ।

त्यसैगरी शनिबार हुन लागेको रक्तदान कार्यक्रममा मिडसिटी अस्पताल र हाम्रो लाइफ बैंकको साथ रहेको छ। 

प्रकाशित मिति: : 2024-09-24 16:55:00

प्रतिकृया दिनुहोस्