पक्राउ पर्ने डरले रविले कार्यालयमै बोलाए नेता कार्यकर्ता

Break n Links
Break n Links

सहरकारीको रकम अपचलनमा पक्राउ पर्ने डरले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना नेता कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएका छन्। 

अहिले (साँझ ७ बजे) रास्वपाका नेता कार्यकर्ता पार्टी कार्यालय बनस्थलीमा जम्मा भएका छन्। म्यासेज गरेर उपत्यकामा रहेका नेता कार्यकर्तालाई पार्टी कार्यालयमा उपस्थित हुन भनिएको छ। 

लामिछानेलाई पक्राउ गर्नका लागि प्रहरी परिचालन भएपछि नेता कार्यकर्तालाई पार्टी कार्यालयमा बोलावट गरिएको हो। जहाँ अहिले पनि अन्य समर्थक पनि जम्मा हुनेक्रममा रहेको देखिन्छ। 

रास्वपाले अहिले पार्टी कार्यालयमै आकस्मिक बैठक बोलाएको छ। 

सहरकारीको रकम हिनामिनाका सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले रविलाई पनि दोषि देखाएको थियो। छानबिन समितिको प्रतिवेदन सरकारले बुझेसँगै गृहमन्त्री रमेश लेखकले आज आइतबार उक्त प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देन दिएका थिए। 

गृहमन्त्री लेखकको निर्देशन लगत्तै सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए। उनी गोर्खा मिडियाका पूर्व सञ्चालक हुन्। 

रवि र यी छवि  मिडिया पार्टनर हुन्। 

प्रकाशित मिति: : 2024-09-22 19:23:00

प्रतिकृया दिनुहोस्