दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई युवककाे मृत्यु

Break n Links
Break n Links

दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई युवककाे मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका- १८ नवलपुरका २२ वर्षीय श्रवण कुमार पुन र घोराही– ४ बस्ने २१ वर्षीय बिनोद केसी रहेका छन्। 

उनीहरू आज (मंगलबार) बिहान लमहीबाट घोराहीतर्फ आउँदै गर्दा रा ८ प २९४० नम्बरको मोटरसाइकल बिहान सवा ७ बजे बेलदमार दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो।

घटनाबारे उनीहरूको आफन्तलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। 

प्रकाशित मिति: : 2024-09-19 10:15:00

प्रतिकृया दिनुहोस्