बिएल संवाददाता
आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ। क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे शुरू हुनेछ।
यसअघि नेपाल आइतबार आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो।
क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल पाँच खेलमा एक जीत र चार हारका साथ २ अंकसहित तालिकाको सातौँ स्थानमा छ।
ओमान ४ खेलमा १ जीत र २ हारका साथ ३ अङ्कसहित छैटौँ स्थानमा छ। नेदरल्यान्ड्स आठ खेलमा १२ अङ्कका साथ शीर्ष स्थानमा छ।
विश्वकप सन् २०२७ को छनोटको रुपमा रहेको लिग–२ मा आठ टोलीको सहभागीता छ। नेपालले तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ।
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया