लुम्बिनी प्रदेश काँग्रेस सचेतक गिरीले दिइन् राजीनामा

Break n Links
Break n Links

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सचेतक नीमा गिरीले पदबाट राजीनामा दिएकी छन्।

सोमबार उनले संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा बुझाएकी हुन्।

राजीनामा दिनुको कारणबारे उनले विविध कारण भनेकी छन्। तर के कारण हो, त्यो भने खुलाएकी छैनन्।

‘विविध कारणले आगामी दिनमा सचेतकको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको हुँदा पदबाट राजीनामा दिएकी छु’, उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन्।

गिरीले विविध कारण भनेर कारण लुकाउन खोजिएको भए पनि उनले राजीनामा दिनुलाई पार्टीभित्रको असन्तुष्टि भएको नेताहरू बताउँछन्।

वर्तमान सरकारमा कांग्रेसबाट दुई जना मन्त्री पठाउन बाँकी छ। उक्त ठाउँमा महिलालाई प्राथमिकता दिनुपर्नेमा उनको जोडबल छ। त्यसमा पनि उनी आफैँ मन्त्री बन्नका लागि दौडधुपमा छिन्।

प्रकाशित मिति: : 2024-09-16 18:54:00

प्रतिकृया दिनुहोस्