भावी प्रधानन्यायाधीशमा राउत सिफारिस

Break n Links
Break n Links

सर्वोच्च अदालतकाे भावी प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउत सिफारिस भएका छन्। 

साेमबार बसेकाे संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि राउतकाे नाम सिफारिस गरेकाे हाे।

सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदैछन्। त्यसअघि नै भावी प्रधानन्यायाधीश नियुक्त गर्न लागिएकाे हाे।

संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार राउत सिफारिस भएका हुन्। 

प्रकाशित मिति: : 2024-09-16 18:23:00

प्रतिकृया दिनुहोस्