अस्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभल (तस्बिरहरु)

तस्बिर सौजन्य: डा. ज्ञानेन्द्र रेग्मी, टीका गुरुङ

अस्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभलको आयोजना गरिएको छ। गैरआवासीय नेपाली संघ वेस्टन अस्ट्रेलियाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो।

फेस्टिभलका लागि अस्ट्रेलियाका विभिन्न सहरहरुबाट नेपाली समूदाय भेला भए। नेपाललगायत अन्य देशहरुबाट पनि प्रतिनिधिहरु पर्थमा भेला भएका थिए।

नेपाली कला, संस्कृति परम्पराको जर्गेना एवम् प्रचारप्रसारका लागि फेस्टिभल आयोजना गरिएको हो। कलश यात्रासहित सुरु भएको फेस्टिभल राति ९ बजे आतिशबाजीको कार्यक्रम तय गरिएको छ। फेस्टिभलमा विभिन्न जातजातिको पोशाकसहित संस्कृति झल्काउने नाचहरु प्रदर्शन गरिएकाे छ।

नेप्लीज एशोसिएसन अफ वेष्टर्न अस्ट्रेलिया (नावा), पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर पश्चिम अस्ट्रेलियासहित विभिन्न संस्था, क्लब र व्यवसायीहरुले फेस्टिभल आयोजनाका लागि सक्रिय भूमिका निर्वाह गरेका छन्।

प्रकाशित मिति: : 2024-09-14 14:23:00

प्रतिकृया दिनुहोस्