दरबारमार्गमा रैथाने कृषि हाटबजार सञ्चालनमा (तस्बिरहरु)

प्रत्येक शनिबार रैथाने एग्री प्रडक्टस नेपालद्वारा आयोजना गरिने रैथाने कृषि हाटबजार आज दरबारमार्गमा सञ्चालन गरिएको छ।

उत्पादक किसान र उपभोक्ताबीच सिधा सम्पर्क स्थापना गरी उत्पादित वस्तुको विक्री-वितरण गर्ने उद्देश्यका साथ प्रत्येक हप्ताको शनिबार हाटबजार सञ्चालन गरिँदै आएको छ।

हाट-बजारमा रैथाने तथा स्थानीय खाद्यान्न, अन्न, गेडागुडी, जडीबुटी, मौसमी अर्गानिक फलफूल तथा तरकारी, सीपमा आधारित हस्तकलाका सामग्री, बीउबिजन अन्य घरायसी सामग्री तथा परामर्श सेवासमेत उपलब्ध छन्।

तस्बिरहरु:

प्रकाशित मिति: : 2024-09-14 09:00:00

प्रतिकृया दिनुहोस्