५५ अंकले घट्याे नेप्से, कारोबार ९ अर्ब माथि

Break n Links
Break n Links

नेप्सेमा आज ५५ अङ्कको गिरावट आएको छ। सोमबार नेप्सेमा ५५.८६ अङ्कको गिरावट आउँदा ओरालो २६४६.०३ विन्दुमा रोकिएको छ।

आज ३२७ कम्पनीको कारोबार हुदा दुई करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४२५ को खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार आज हाथवे इन्भेस्टमेन्टको शेयर मुल्यमा सबैभन्दा बढी ८.९८ प्रतिशतले बृद्धि भएको छ। त्यस्तै, आज उन्नति लघुवित्तले सबैभन्दा बढी ७.७८ प्रतिशतले गुमाएको छ।

आज सबैभन्दा बढी सिइडीबी हाइड्रोको ३७ करोड ५७ हजारको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी हाइड्रोको सबै भन्दा बढी १३ लाख ८२ हजार ९०६ कित्ता शेयर कारोबार भएको छ।

प्रकाशित मिति: : 2024-09-09 15:33:00

प्रतिकृया दिनुहोस्