नतिजा प्रकाशनमा त्रुटि भएकाे भन्दै माइतीघरमा विद्यार्थीकाे प्रदर्शन (फाेटाे/भिडियाे)

चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

विद्यार्थीहरूले नतिजा प्रकाशनमा गरेकाे त्रुटिविरूद्ध बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।

उनीहरूले ओएमआर सिट हेर्न पाउनुपर्ने माग गरेका छन्। ‘विद्यार्थीको भविष्यसँग खेलबाड गर्न पाइँदैन, विद्यार्थीको भविष्य निर्धाण गर्ने जस्ता परीक्षामा राजनीति चल्दैन, शिक्षा व्यापार हाेइन’ लगायतका नारा लगाएका छन्। 

प्रकाशित मिति: : 2024-09-04 13:43:00

प्रतिकृया दिनुहोस्