५६ अंकले घट्याे नेप्से, १० अर्ब माथिको कारोबार

Break n Links
Break n Links

सेयर बजारमा आज गिरावट आएको छ। आइतबार नेप्से ५६.१६ अङ्कले घटेर २६९३.४० विन्दुमा पुगेको छ।

आइतबार ३३७ कम्पनिको कूल २ करोड ६० लाख ८४ हजार ८८ कित्ता शेयर १ लाख २९ हजार ७९३ पटक कारोबार हुदा १० अर्ब ४४ करोड ४ लाख ९९ हजार ११२ मा खरिद बिक्री भएका छन्।

त्यस्तै, आज सुपर माइ हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाइड्रो र माइ खोला हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ।

आज गुडविल फाइनान्सको सबै भन्दाबढी ५२ करोड ३१  लाख १० हजार ४९२ को रकम बराबरीको खरिद बिक्री भएको छ भने आज सानिमा लार्ज क्याप फण्डको सबैभन्दा बढी ८ लाख ४ हजार ८०९ कित्ता शेयर कारोबार भएको छ।

प्रकाशित मिति: : 2024-09-01 15:12:00

प्रतिकृया दिनुहोस्