नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट

नेप्सेमा आज ठुलो गिरावट आएको छ। आइतबार नेप्से ७९.८८ अङ्कले घटेर २८९४.५७ विन्दुमा पुगेको छ।

आइतबार ३३३ कम्पनीको कूल ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर २ लाख १८ हजार ५७८ पटक कारोबार हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८०० मूल्यमा खरिद बिक्री भएका छन्।

त्यस्तै आज वीन नेपाल लघुवित्त, उपकर लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै आज मन्दाकिनी हाइड्रोको सबैभन्दा बढी ९.९१ प्रतिशतले घटेको छ।

त्यस्तै आज कारोबारको हिसाबले सबैभन्दा बढी अपि हाइड्रोको ८४ करोड ६८ लाख १७ हजार ३४७ को रकम बराबरीको खरिद बिक्री भएको छ। भने, आज अपिकै सबैभन्दा बढी २२ लाख ७८ हजार ७८७ कित्ता शेयर कारोबार भएको छ।

प्रकाशित मिति: : 2024-08-25 15:09:00

प्रतिकृया दिनुहोस्