बिएल संवाददाता
                                वीरगञ्जसहित मधेसका विभिन्न स्थानमा खानेपानी संकट देखा परेपछि प्रदेश सरकारले नेपाली सेनालाई समेत खटाएर दमकलबाट पानी वितरण सुरु गरेको छ।
प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिबाट निर्णय गरी प्रदेश सरकारसंग रहेको ८ वटा वारुणयन्त्र, खानेपानी संकटवाट अति प्रभावित क्षेत्रमा बुधबार (आज) पठाइएको छ।
मुख्यमन्त्री सतिश कुमार सिंहले वारुणयन्त्रहरुलाई प्रभावित क्षेत्र तर्फ पठाउन निर्देशन दिँदै खानेपानी समस्या समाधानमा पूर्ण रूपमा सरकार क्रियाशील रहेको जानकारी दिए।
एउटा वारुणयन्त्र ५ हजार लिटर गरी ८ वटा वारुणयन्त्रवाट एकपटकमा ४० हजार लिटर खानेपानी आपुर्ति गरिने मुख्यमन्त्री सिंहले बताए। खानेपानी समस्या रहेको स्थानमा उक्त वारुणयन्त्रहरु २४ सौं घण्टा परिचालित रहने छ। सो वारुणयन्त्र प्रदेश सरकारको व्यवस्थापन र नेपाली सेनाले संचालन गर्नेछ।
यस अघि प्रदेश सरकारले वन कार्यालयको तीन वटा ट्याङ्कर खानेपानी आपूर्ति गर्न परिचालित गरिसकेको छ। यसै गरी खानेपानी समस्या रहेका अन्य क्षेत्रहरुमा नेपाली सेनासंग समन्वय गरी ७ वटा ट्याङ्कर र एउटा वारुणयन्त्र पठाउने तयारी गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए।
सुक्खा र खानेपानी संकटका कारण प्रभावित प्रदेशका नागरिकको समस्या समाधानमा प्रदेश सरकार नागरिकका साथमा रहेको उनको भनाई छ।
विद्यमान समस्या समाधानका लागि प्रदेश सरकारले संघीय सरकार, स्थानीय सरकारहरु र मानवीय सहायतामा क्रियाशील दातृ निकायहरुसंगको सवन्मयमा साधनस्रोतको अधिक्तम प्रयोग गरी नागरिकको समस्या समाधान गर्ने तर्फ प्रयत्नशिल रहेको मुख्यमन्त्री सिंहले बताए।
यसवर्ष नेपालमा चाँडै नै मनसुन भित्रिए पनि मधेसमा भने पर्याप्त वर्षा भएको छैन। वर्षा नहुँदा मधेसमा अहिलेसम्म २० प्रतिशत पनि रोपाईं हुन सकेको छ। रोपिएका धान पनि सुक्न थालेको छ।
मधेसका धेरै ठाउँमा कुँवा, इनार तथा डिप बोरिङहरू पनि सुकेका छन्। त्यस्तै ह्यान्डपम्पहरू पनि सुक्न थालेपछि मधेसमा पानीको हाहाकार हुन थालेको छ। 
 
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया