नेकपा (माओवादी केन्द्र) ले प्रदेशस्तरमा केन्द्रीय परामर्श समितिकाे बैठक बोलाउने निर्णय गरेको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार सम्पन्न स्थायी समिति बैठकले प्रदेशस्तरमा संयुक्त केन्द्रीय परामर्श समितिकाे बैठक बोलाउने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
उनका अनुसार परामर्श समितिकाे बैठकमा अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायत नेताहरू सहभागी हुनेछन्। बैठकमा हरेक प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सहभागी हुनेछन्।