नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको बताएका छन्। उनले चाँडै देश पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुग्ने बताएका छन्।
शुक्रबार नेपाल विद्युत प्राधिकरणले विगत एक वर्षमा गरेका काम कारबाही र समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक घिसिङले आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्को ग्राहक सङख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको जानकारी गराए।
‘आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्को ग्राहक संख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ। विकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको छ। अब छिट्टै देश पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको छ। विद्युतीकरणका लागि प्राधिकरणको आफनै स्रोतबाट ठूलो लगानी गरिएको छ,’ उनले भने।
उनले अघि थपे, ‘सुकुम्बासी बस्ती तथा चेपाङ, मुसहरलगायतका विपन्न वर्गका घरपरिवारमा विद्युत पुर्याउन निःशुल्क मिटरसमेत वितरण गरिएको छ। गाउँबस्तीको विद्युतीकरण मात्र होइन स्थानीय निकायहरुसंगकी साझेदारीमा स्मार्ट सडक बत्ती विस्तार गरी सहर उज्यालो बनाउने कार्यमासमेत ठूलो लगानी गरिएको छ।’
उननले आठ वर्ष अघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको, प्रतिव्यक्ति ऊर्जा खपत १ सय ३१ युनिटबाट बढेर चारसय युनिट पुगेको, घर–घर र बस्ती बस्तीमा बत्ती बाल्न मात्र नभई उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुरयाएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको पनि बताए।
विद्युत खपत बढाउन विद्युतीय सवारी साधनलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न प्राधिकरणले ६२ वटा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको र निजी क्षेत्रवाट निर्माण गरिएका चार सय भन्दा बढी चार्जिङ स्टेसन सञ्चालनमा रहेको उनको भनाई छ।
उनले भने, ‘आठ वर्षअघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको छ। प्रतिव्यक्ति ऊर्जा खपत १ सय ३१ युनिटबाट बढेर ४ सय युनिट पुगेको छ। घर–घर र बस्ती बस्तीमा बत्ती वाल्न मात्र होइन, उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको छ। विद्युत खपत बढाउन विद्युतीय सवारी साधनलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न प्राधिकरणले आफैं ६२ वटा चार्जिङ स्टसेन निर्माण गरी सञ्चालनमा ल्याएको छ। निजी क्षेत्रवाट निर्माण गरिएका चार सय भन्दा बढी चार्जिङ स्टेसन सञ्चालनमा छन्।’
तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको दिर्शेसक घिसिङको दाबी छ।
प्राधिकरण अहिले ४७ अवं ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको र यसअवधिमा विद्युतको महसुल ३ पटक गरी करिव २५ प्रतिशत घटाइए पनि नाफामा वृद्धि नै भइरहेको घिसिङले जानकारी दिए।
उनका अनुसार सिंचाइका लागि प्रति युनिट २ रुपैयाँमा विद्युत उपलब्ध छ भने लिफ्टिङ खानेपानीमा डिमाण्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलीयतको व्यवस्था गरिएको छ र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुल दर कायम गरिएको छ।