सुदूरपश्चिममा मुख्यमन्त्री शाह र मन्त्रीहरूले लिए शपथ

Break n Links
Break n Links

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आइतबार दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष शपथ लिएका हुन्।

शपथ ग्रहण गरेसँगै मुख्यमन्त्री शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

नेपाली कांग्रेसबाट दुई, एमालेबाट तीन र नागरिक उन्मुक्ति पार्टीबाट एकजना मन्त्री बनेका छन् भने कांग्रेसबाट दुई र एमालेबाट एकजना राज्यमन्त्री नियुक्त भएका छन्। नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन्।

कांग्रेसका मेघराज खड्काले सामाजिक विकास मन्त्री, बहादुरसिंह थापाले आर्थिक मामिलामन्त्रीकाे शपथ लिएका छन्।

यसैगरी एमालेका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा काननु मन्त्री र बिरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको शपथ लिएका छन्।

यस्तै कांग्रेसकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री, प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र एमालेकी निर्मलादेवी साउद भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन्। 

प्रकाशित मिति: : 2024-08-05 16:46:00

प्रतिकृया दिनुहोस्