नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाल विद्युत प्राधिकरणका दुई सदस्य कपिल आचार्य र भक्तबहादुर पुन दुईजनालाई सरकारले नियम उल्लंघन गरेर बर्खास्ती गरेको बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद सापकोटाले प्राधिकरणका सञ्चालक समितिका दुई सदस्यलाई हटाएकाेप्रति भत्र्सना गरे।
‘नेपाल विद्युत प्राधिकरणका कपिल आचार्य र भक्तबहादुर पुन दुईजनालाई नियम उल्लंघन गरेर सरकारले बर्खास्ती गरेको छ। म यो घटनाको जाेडदार ढंगले खण्डन गर्न चाहन्छु, भत्र्सना गर्न चाहन्छु। सरकार याे देशमा अटोक्रेसी चलाउन खोजिराखेकाे छ भन्ने कुराको आशंका व्यक्त गर्न चाहन्छु’, उनले भने।
सांसद सापकोटाले विद्युत प्राधिकरणको महसुल विवादमा यसअघि सरकारले नै गरेका अध्ययन र रिपोर्टको कार्यान्यवन गर्नुपर्नेमा जोड दिँदै अहिलेका सार्वजनिक लेखा समितिका सभापतिले विवादित व्यक्तिहरुलाई भेटिरहेको उल्लेख गरेका छन्।
उनले लेखा समितिको सभापति प्रतिपक्ष दललाई दिनुपर्ने माग गर्दै अहिलेको लेखा समितिको सभापतिले होटलमा विवादित व्यक्तिलाई भेट गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए।