मनसुन नेपाल नजिक सर्दै, ३० भन्दा बढी जिल्ला अति प्रभावित हुने सम्भावना

न्यून चापीय रेखाकाे प्रभावले मंगलबार र बुधबार नेपालमा मनसुन सक्रिय हुने भएकाे छ।

हाल न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाे र भोलिबाट उक्त रेखा नेपाल नजिक सर्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यसबाट तीन दर्जन बढी जिल्ला अति प्रभावित हुने सम्भावना रहेकाे छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको महाशाखाले जनाएकाे छ।

मंगलबारदेखि बुधबारसम्म भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी रहेकाे छ।

महाशाखाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन अनुरोध गरेकाे छ।

यी हुन् वर्षाबाट जोखिम हुने जिल्लाहरू

प्रकाशित मिति: : 2024-08-05 12:02:00

प्रतिकृया दिनुहोस्