सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाकै डेढ लाख

साताको दोस्रो कारोबार दिन नेपाली बजारमा (आज) सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार तोलामा १ हजार ७ सय ८५ रूपैयाँमा कारोवार भएको चाँदी आज पनि  सोही  मूल्यमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2024-08-05 11:33:00

प्रतिकृया दिनुहोस्