बिएल संवाददाता
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले लुम्बिनी प्रदेशलाई समृद्ध बनाउन प्रदेशको पर्यटन विकास अपरिहार्य रहेको बताएका छन्।
आइतबार मन्त्रीको पदभार ग्रहण गर्दै मन्त्री न्यौपानेले प्रदेशको समृद्धिका लागि पर्यटन क्षेत्रको विकासमा आफुले कुनै कसर बाँकी नराख्ने बताए। ‘समृद्ध प्रदेश बनाउने हाम्रो लक्ष पूरा गर्नका लागि प्रदेशको पर्यटन क्षेत्रको विकास अपरिहार्य रहन्छ’ मन्त्री न्यौपानेले भने ‘प्रदेशको पर्यटन विकासका लागि कुनै कसर बाँकी नराखेर काम गरिने छ।’
उनले प्रदेशका पर्यटकीय क्षेत्रको प्रचार प्रसार व्यापक बनाएर यहाँको पर्यटकीय चिनारी अन्तरास्ट्रिय स्तरसम्म पुर्याउनु पर्ने भन्दै मन्त्री न्यौपानेले प्रदेशमा भित्र्याउने योजना बनाएर काम गरिने बताए।
यस्तै मन्त्री न्यौपानेले प्रदेशमा चल्दै आएका सवारी साधनको प्रदुषण जाँच गरिने बताए पुराना सवारी साधनका कारण प्रदुषण फैलिए यसले पर्यटन क्षेत्रमा असर पार्ने भन्दै सवारी साधनको चेक जाँच गरेर प्रदुषण नियन्त्रण गरिने मन्त्री न्यौपानेले बताए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया