मर्निङवाककाे लागि नारायणी किनारमा पुगेका पुरुषमाथि बाघकाे आक्रमण

फाइल तस्विर
फाइल तस्विर

भरतपुर महानगरपालिका– १ स्थित नारायणी नदी किनारमा मर्निङवाक गरेको एक व्यक्तिलाई बाघले आक्रमण गरेको छ।

आइतबार बिहान पैदल हिँडेका भरतपुर– २ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

उनको मुख र हातमा चोट लागेको बताइएको छ।

प्रकाशित मिति: : 2024-08-04 08:16:00

प्रतिकृया दिनुहोस्