सुदूरपश्चिममा सरकार गठनको दावी पेश गर्न आव्हान

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनको दाबि पेश गर्न आव्हान गरेका छन्।

शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले आइतबार बेलुका ५ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको आव्हान गरेका हुन्।

केन्द्रमा कांग्रेस-एमाले गठबन्धन बनेपछि सुदूरपश्चिममा अब नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ।

प्रकाशित मिति: : 2024-08-02 20:36:00

प्रतिकृया दिनुहोस्