नेप्से ५ अंकले घट्यो, २१ अर्बमाथिकाे कारोबार

Break n Links
Break n Links

साताको कारोबारका अन्तिम दिन आज शेयर बजारमा गिरावट आएको छ।

बिहीबार नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा रोकिएको छ। आज बजार घटेपनि कारोबार रकम भने २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रहेको छ।

आज ३३२ कम्पनीका ५ करोड १३ लाख २१ हजार ६२९ किटा शेयर २ लाख २९ हजार ८१३ पटक कारोबार भएका थिए।

आज हाइड्रोइलेक्ट्रीसिटी कम्पनी, नेपाल हाइड्रो डेभलोपर, शुभम पावर, सिटी होटल लिमिटेड र कुथेरी भुखारी हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो।

त्यस्तै आज सबै भन्दा बढी पिपुल्स हाइड्रोको ९.१३ प्रतिशत शेयर घटेको थियो। आज कारोबार रकमका आधारमा सबैभन्दा बढी हिमालयन रिइन्सुरेन्सको ५९ करोड ७५ लाख ९९ हजारको कारोबार भएको छ।

प्रकाशित मिति: : 2024-08-01 15:44:00

प्रतिकृया दिनुहोस्