'तल्लो बाटो'बाट अमेरिका आउने नेपालीको संख्यामा यो आर्थिक वर्षको पहिलो ६ महिनामै २,१७० पुगेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका पछिल्लो प्रतिवेदनमा यो आर्थिक वर्षको पहिलो छ महिनामा कुन महिना कति नेपाली तल्लो बाटोबाट अमेरिका आइपुगेको तथ्यांक सार्वजनिक भएको छ ।
प्रतिवेदन अनुसार अक्टोबरमा ६१०, नोभेम्बरमा ५५० र डिस़ेम्बरमा ४२०, जनवरीमा २००, फेब्रुअरीमा २३० र मार्चमा १६० नेपाली तल्लो बाटो अमेरिका आइपुगेका हुन् । अमेरिकामा हरेक वर्षको अक्टोबरमा आर्थिक वर्ष सुरू हुन्छ र सेप्टेम्बरमा सकिन्छ ।
नेपालबाट विभिन्न देश भएर दक्षिण अमेरिकाका विभिन्न देश हुँदै मेक्सिकोबाट अमेरिका छिर्ने बाटोलाई तल्लो बाटो भनिन्छ । यो बाटो मानव तस्करहरूले अवैध किसिमले मानिसहरूलाई अमेरिका पठाउन प्रयोग गर्ने एक बदनाम बाटो हो । यो बाटो भएर कम्तिमा पनि ५० लाख देखि ८० लाखसम्म मानव तस्करहरूलाई तिरेर नेपालीहरू अमेरिका आइपुग्छन् । छिटो आइपुग्ने 'भाग्यमानी'हरू तीन महिनामा आइपुग्छन्, कतिपय 'अभागी'हरूलाई १८ महिनासम्म पनि लाग्छ ।
यो आर्थिक वर्षको पहिलो ६ महिनामा अमेरिका आइपुगेका २,१७० नेपालीहरू पनि यही नियतिको सामना गर्दै अमेरिका आइपुगेका हुन् । तर, यो संख्या अमेरिका प्रवेशका क्रममा सिमा सुरक्षा गस्तीसँग जम्काभेट हुनेहरुको मात्र हो । लगभग यतिकै संख्यामा नेपालीहरू सीमा सुरक्षा गस्तीसँग जम्काभेट नभई अमेरिका छिर्ने गरेको अनुमान गरिन्छ ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको पछिल्लो प्रतिवेदनअनुसार सन् २०१४ यता १०,४९० नेपालीहरू तल्लोबाटो भएर अमेरिका आइपुगिसकेका छन् । अहिलेसम्मको तथ्यांक हेर्दा आर्थिक वर्ष २०२२/२३ मा ३,१४० नेपालीहरु अमेरिका आइपुगे । यो संख्या एकै वर्ष तल्लो बाटोबाट अमेरिका आएको नेपालीको सबैभन्दा ठूलो संख्या हो । तर, आर्थिक वर्ष २०२३/२४ को पहिलो ६ महिनामै २,१७० नेपालीहरू अमेरिका आइसकेकाले यही अनुपातमा नेपालीहरू आउने हो भने यो आर्थिक वर्षमा कीर्तिमानी संख्यामा तल्लो बाटो भएर नेपालीहरू अमेरिका आइपुग्नेछन् ।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया