'तल्लो बाटो'बाट अमेरिका आउने नेपालीको संख्यामा यो आर्थिक वर्षको पहिलो ६ महिनामै २,१७० पुगेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका पछिल्लो प्रतिवेदनमा यो आर्थिक वर्षको पहिलो छ महिनामा कुन महिना कति नेपाली तल्लो बाटोबाट अमेरिका आइपुगेको तथ्यांक सार्वजनिक भएको छ ।
प्रतिवेदन अनुसार अक्टोबरमा ६१०, नोभेम्बरमा ५५० र डिस़ेम्बरमा ४२०, जनवरीमा २००, फेब्रुअरीमा २३० र मार्चमा १६० नेपाली तल्लो बाटो अमेरिका आइपुगेका हुन् । अमेरिकामा हरेक वर्षको अक्टोबरमा आर्थिक वर्ष सुरू हुन्छ र सेप्टेम्बरमा सकिन्छ ।
नेपालबाट विभिन्न देश भएर दक्षिण अमेरिकाका विभिन्न देश हुँदै मेक्सिकोबाट अमेरिका छिर्ने बाटोलाई तल्लो बाटो भनिन्छ । यो बाटो मानव तस्करहरूले अवैध किसिमले मानिसहरूलाई अमेरिका पठाउन प्रयोग गर्ने एक बदनाम बाटो हो । यो बाटो भएर कम्तिमा पनि ५० लाख देखि ८० लाखसम्म मानव तस्करहरूलाई तिरेर नेपालीहरू अमेरिका आइपुग्छन् । छिटो आइपुग्ने 'भाग्यमानी'हरू तीन महिनामा आइपुग्छन्, कतिपय 'अभागी'हरूलाई १८ महिनासम्म पनि लाग्छ ।
यो आर्थिक वर्षको पहिलो ६ महिनामा अमेरिका आइपुगेका २,१७० नेपालीहरू पनि यही नियतिको सामना गर्दै अमेरिका आइपुगेका हुन् । तर, यो संख्या अमेरिका प्रवेशका क्रममा सिमा सुरक्षा गस्तीसँग जम्काभेट हुनेहरुको मात्र हो । लगभग यतिकै संख्यामा नेपालीहरू सीमा सुरक्षा गस्तीसँग जम्काभेट नभई अमेरिका छिर्ने गरेको अनुमान गरिन्छ ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको पछिल्लो प्रतिवेदनअनुसार सन् २०१४ यता १०,४९० नेपालीहरू तल्लोबाटो भएर अमेरिका आइपुगिसकेका छन् । अहिलेसम्मको तथ्यांक हेर्दा आर्थिक वर्ष २०२२/२३ मा ३,१४० नेपालीहरु अमेरिका आइपुगे । यो संख्या एकै वर्ष तल्लो बाटोबाट अमेरिका आएको नेपालीको सबैभन्दा ठूलो संख्या हो । तर, आर्थिक वर्ष २०२३/२४ को पहिलो ६ महिनामै २,१७० नेपालीहरू अमेरिका आइसकेकाले यही अनुपातमा नेपालीहरू आउने हो भने यो आर्थिक वर्षमा कीर्तिमानी संख्यामा तल्लो बाटो भएर नेपालीहरू अमेरिका आइपुग्नेछन् ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया