बलिउडकी ‘धोकेबाज’ अभिनेत्रीहरू (तस्बिरसहित)

Break n Links
Break n Links

बलिउड इन्डस्ट्रीमा अफेयर र ब्रेकअपको कुरा चलिरहन्छ, चाहे त्यो फिल्म होस् या टिवीकै कलाकार नै किन नहोस्। 

टिवी उद्योगमा केही त्यस्ता अभिनेत्रीहरू छन् जसले आफ्नो प्रेमी वा श्रीमानलाई सातौं जन्म साथ दिने वाचा त गरे तर निभाउन सकेनन्। जसको लिस्टमा दिव्या अग्रवाल, काम्या पञ्जाबी र दीपिका कक्कडको नाम समेत छ। 

दिव्या अग्रवाल

स्पिट्सविलाबाट चर्चित भएकी दिव्या अग्रवाल विवाहअघि आफ्नो रिलेशनशिपको कारण चर्चामा थिइन्। प्रियांक शर्मापछि उनी वरुण सूदको प्रेममा परिन्। तर उनले वरुणलाई धोका दिइन्। उनी स्वंय नै वरुणलाई धोका दिएको बताएकी थिइन्।

दीपिका कक्कड

दीपिका कक्कड अहिले शोयब इब्राहिमसँग वैवाहिक बन्धनमा बाँधिएर खुसी छन्। तर शोयबसँग विवाह गर्नअघि उनी रोशन सेमसनको दुल्हन बनेकी थिइन्। जो पेशाले पाइलट थिए। ‘ससुराल सिमरका’सिरियलबाट उनी शोयबको प्रेममा परेकी थिइन्। बताइएअनुसार उनले शोयबको लागि आफ्नो पहिलो वैवाहिक सम्बन्ध तोेडेकी थिइन्। 

काम्या पन्जाबी

अभिनेत्री काम्या पन्जाबीको अफेयर विवाहित अभिनेता निमई बालीसँग रहेको चर्चा थियो। उनले पनि आफ्नो पहिलो श्रीमान बन्टी नेगीलाई धोका दिएको बताइएको छ।

मलाइका अरोरा

‘झलक दिखला जा’ मा देखिएकी अभिनेत्री मलाइकाको नाम पनि धोकेबाजको लिस्टमा छ। उनले अरबाज खानलाई धोका दिएकी थिइज्। अर्जुन कपूरसँगको अफेयर बचाउनका लागि उनले श्रीमान अरबाजलाई छोडेकी थिइन्।

ईशा मालवीय

सिरियल ‘उडारिया’बाट टीवीमा उदाएकी ईशा मालवीय पनि धोकेबाजको लिस्टमा परेकी छन्। उनीमाथि अभिषेक कुमारलाई धोका दिएको आरोप लागेको छ। उनले अभिषेकलाई धोका दिएर समर्थ जुरेलको साथ रिलेशन बनाएकी थिइन्। 

सृति झा

‘कुमकुम भाग्य’की अभिनेत्री सृति झामाथि पनि धोकेबजाको ट्याग लागेको छ। उनीमाथि अभिनेता हर्षद चोपडालाई धोका दिएको आरोप लागेको छ।

सन्जीदा शेख

धोकेबाजको लिस्टमा सन्जीदा शेखको नाम पनि समावेश छ। उनीमाथि श्रीमान आमिर अलीलाई धोका दिएको आरोप छ। सन्जीदा र हर्षवर्धन राणेको अफेयरको चर्चा यतिबेला चुलिरहेको छ। 

प्रकाशित मिति: : 2024-07-31 20:40:00

प्रतिकृया दिनुहोस्