बढ्यो सुनचाँदीको मूल्य

साताको पहिलो कारोवारको दिन नेपाली बजारमा (आज) आइतबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक हजार रूपैयाँले बढेको  हो।

शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १ हजार रूपैयाँले बढेर १ लाख ४५ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा १ हजार ७ सय ३० रूपैयाँमा कारोवार भएको चाँदी आज १० रूपैयाँले बढेर १ हजार ७ सय ४० रूपैयाँमा कारोवार भइरहेको छ।

प्रकाशित मिति: : 2024-07-28 11:01:00

प्रतिकृया दिनुहोस्