विमान दुर्घटनामा मृत्यु भएका पाँच जनाको शव जिम्मा

त्रिवि शिक्षण अस्पतालले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव आफन्तहरुलाई जिम्मा लगाएको छ। 

शुक्रबार अस्पतालले, आफन्तहरुको असन्तुष्टिकै बीच शव जिम्मा लगाएको हो। 
 
अहिलेसम्मको–पाइलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौलाको शव आफन्तले बुझेको अस्पतालले जनाएको छ। बाँकी केही आफन्तले भने बीना रकम सुनिश्चितता लगायतको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन्। 

सबैको पोस्टमार्टम आज अपराह्न सम्पन्न भएको हो।

प्रकाशित मिति: : 2024-07-26 19:20:00

प्रतिकृया दिनुहोस्