गेष्टहाउसमा अचेत अवस्थामा भेटिएकी युवतीकाे मृत्यु, युवककाे पनि स्वास्थ्यमा समस्या

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

ग्वार्काेस्थित गेष्टहाउसमा अचेत अवस्थामा फेला परेकी युवतीकाे मृत्यु भएकाे छ।

शुक्रबार बिहान ग्वार्काेस्थित सनलाइट गेष्टहाउसमा अचेत अवस्थामा फेला परेकी उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे ललितपुर प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।

गोदावरी नगरपालिका- ८ डुकुछाप घर भई हाल सातदोबाटो बस्दै आएका एक युवकसँग बुधबार गेस्टहाउसमा आएकी थिइन्।

बिहान अचेत अवस्थामा फेला परेकी उनलाई उपचारका लागि बी एण्ड बी अस्पतालमा लगिएकाे थियाे।

त्यस्तै सँगै गेष्टहाउसमा गएका युवककाे पनि स्वास्थ्यमा समस्या देखिएपछि प्रहरी निगरानीमा उपचार भइरहेकाे एसपी सुवेदीले बताए।

प्रकाशित मिति: : 2024-07-26 10:07:00

प्रतिकृया दिनुहोस्