कानुन समितिमा मन्त्रीकाे चिन्ता- धेरै विद्यार्थी विदेश गए रेमिट्यान्स घट्छ

Break n Links
Break n Links

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले धेरै विद्यार्थीहरु बाहिर गए रेमिट्यान्स घट्ने समस्या हुने बताएका छन्।

बिहीबार कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा उनले विद्यार्थीहरुलाई पढ्नको लागि कहिले पनि रोक नलगाएको भन्दै यसरी नै चल्ने हो भने देशमा रेमिट्यान्स घट्ने समस्या हुने बताए।

‘विद्यार्थी बाहिर देशमा गएर पढ्ने कुरा पहिला पनि रोकिएको थिएन। अहिले पनि रोकिएको छैन। उतै बसोबास गर्ने, काम गर्ने गर्छन्। तर धेरै विद्यार्थी जान थाले भने रेमिट्यान्स घट्दा समस्या हुन्छ। त्यही भएर यसमा विचार गर्नुपर्छ। १२ कक्षासम्मका बच्चाहरुलाई सिधैँ सुविधा दिएर बाहिर जाने व्यवस्था गर्दा धेरै राम्रो हुँदैन’, उनले भने।

प्रकाशित मिति: : 2024-07-25 15:47:00

प्रतिकृया दिनुहोस्