दुर्घटनाग्रस्त सौर्य जहाजमा कोको थिए?

Break n Links
Break n Links

त्रिभुवन विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सको ९ एन एएमई कल साइनमा सवार रहेकाहरूको परिचय खुलेको छ। 

हालसम्म विमानमा १९ जना चालकदलकै सदस्य सवार रहेका खुलेको छ। जसमध्य क्याप्टेन मनिष शाक्यको उद्धार गरेर काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि लगिएको छ। 

बाँकी एक जना बालकसहित १८ जनाको मृत्यु भएको दुर्घटनास्थलमा खटिएका फायर चिफ नारायण बहादुर रावतले जानकारी दिए। 

जहाजमा सवार रहनेहरूमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, आस्विन निरौला र सुदिपलाल जोशी  छन्। 

यस्तै सर्वेश मरासिनी, स्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्याल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन्। 

चालकदलका सदस्यमध्य केही जहाज बनाउने इन्जिनियरहरू रहेका छन्। उनीहरू सवार जहाजलाई बनाउन पोखरा उडेका थिए। 

प्रकाशित मिति: : 2024-07-24 13:15:00

प्रतिकृया दिनुहोस्