सौर्य एयरलाइन्सको दुर्घटनाबारे अहिलेसम्म खुलेका तथ्यहरू

Break n Links
Break n Links

काठमाडौँकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साैर्य एयरलाइन्सको जहाज दुर्घटना भएकाे छ।

दुर्घटना भएको सौर्य एयरलाइन्सको ९ एन एएमई कल साइनको जहाज हो। यसमा चालक दलका सदस्यसहित १९ जना सौर्य एयरलाइन्सकै कर्मचारीहरू थिए।

विमानस्थल स्रोतका अनुसार चालक मनिष शाक्यलाई जीवितै उद्धार गरेर उनको सिनामंगलस्थित काठमाडाैँ मेडिकल कलेज (केएमसी) उपचार भइरहेको छ।

यो आफैँमा बिग्रिएको जहाज थियो र पोखरा विमानस्थलको ह्याङ्गरमा राखेर मर्मत (सी चेक) का लागि जहाज पोखराका लागि उडेको थियो।

सौर्य एयरलाइन्सले यसअघि पोखरामा नियमित उडान भने गरेको थिएन। उसको सिआरजे-२०० विमानमार्फत विराटनगर र भद्रपुरमा दैनिक ३ वटा उडान गर्दै आएको थियो।

पोखराका लागि कर्मचारीहरूलाई लिएर उड्न लागेको जहाज धावनमार्ग छोड्नासाथ खसेको थियो। जहाज पूरै क्षतविक्षत भएको छ।

प्रकाशित मिति: : 2024-07-24 12:35:00

प्रतिकृया दिनुहोस्