सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः ‘ब्ल्याक बक्स’ खाेज्दै अधिकारीहरू

Break n Links
Break n Links

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेकाे सौर्य एयरलाइन्सको जहाजका पाइलटकाे उद्दार गरिएकाे छ भने १८ जनाकाे मृत्यु भएकाे छ। बुधबार बिहान करिब ११ बजे चालकदलका सदस्य सवार जहाज दुर्घटनाग्रस्त भएको थियो।

विमानमा चालक दलका सदस्यसहित १९ जना सवार रहेका थिए। जसमा १८ जनाकाे मृत्यु भएकाे हाे भने एक जनाकाे जीवितै उद्दार गरिएकाे हाे। उद्दार गरिएका पाइलट गम्भीर घाइते भएको र उपचारका लागि उनलाई सिनामंगलस्थित काठमाडाैँ मेडिकल कलेज लगिएको छ।

विमान पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ। अहिले नेपाली सेना, प्रहरी र विमानस्थलको फायर फाइटिङ टिमले विमानको ‘ब्ल्याक बक्स’ खाेजिरहेकाे छ।

ब्ल्याक बक्स भनेकाे के हाे?

विमानको पछिल्लो भागमा पंखाको साईडमा राखिएको एक महत्वपूर्ण उपकरण हो, ब्ल्याक बक्स।

याे एकदमै बलियो धातु टाइटेनियमबाट बनेको हुन्छ, जसलाई आगोले जलाउन सक्दैन।

ब्ल्याक बक्स खासमा एक रेकर्डर हो। जसमा विमानभित्रका सबै आवाज रेकर्ड हुन्छन्। विमान जस्तोसुकै दुर्घटनामा परे पनि यो ब्ल्याक बक्स सकुशल रहन्छ। जसमा रेकर्ड भएको आवाजले दुर्घटना कसरी भयो भन्ने पत्ता लगाउन सहज हुन्छ।

यसकाे सहायताले दुर्घटनाका बेला जहाजमा के भएकाे थियो। पाइलटहरुले के कस्तो कुरा गरेका थिए? भन्ने सबै कुरा त्यहि ब्ल्याक बक्सबाट थाहा हुन्छ। त्यसैले विमान दुर्घटना हुने बित्तिकै ब्ल्याक बक्सको खोजी गरिन्छ।  



सौर्य जहाज दुर्घटना: १८ जनाकाे मृत्यु, पाइलटलाई अस्पताल लगियो

प्रकाशित मिति: : 2024-07-24 12:24:00

प्रतिकृया दिनुहोस्