सुनचाँदीको मूल्य स्थिर

नेपाली बजारमा (आज) मंगलबार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको  छ। सोमबार तोलामा १ हजार ७ सय ९० रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ।

प्रकाशित मिति: : 2024-07-23 11:10:00

प्रतिकृया दिनुहोस्